घुरबाट बभनगामा भिषण आगलागी

लामखुट्टे भगाउन बालिएको घुरबाट आगलागी


२०८३ बैशाख २७ आइतबार ०७:४८ बजे

काठमाडौँः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, बभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा परी ६ परिवारको उठीबास भएको छ । स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट अचानक सल्केको आगोले छिमेकीका घरहरूमा समेत फैलिएर ठुलो क्षति पुर्‍याएको हो ।

आगलागीमा परी रामअवतार यादव, जुगाइ यादव र अनिल यादवका समान २–२ वटा घर र १–१ वटा गोठ पूर्ण रूपमा नष्ट भएका छन् । यस्तै, योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको पनि १–१ वटा घर जलेर खरानी भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो । यसरी एकै रातमा ९ वटा घर र ३ वटा गोठ गरी कुल १२ वटा संरचना ध्वस्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचर, गरगहना र नगदसहित करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटना लगत्तै हनुमाननगर कङ्कालिनी नगरपालिका र मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको दमकलको सहयोगमा स्थानीयले आगो निभाएका थिए । आगलागीले सर्वस्व गुमाएका पीडित परिवारहरू अहिले खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७