पीडित परिवारलाई राहत, घाइतेलाई निःशुल्क उपचार: आयोगको क्षतिपूर्ति सिफारिस


२०८३ जेठ १३ बुधबार १८:०६ बजे

काठमाडौँः राष्ट्रिय मानव अधिकार आयोगले भाद्र २३ र २४ गतेको घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूलाई निःशुल्क उपचार दिन सरकारलाई सिफारिस गरेको छ।

भाद्र २४ गतेको हिंसात्मक प्रदर्शनमा आगजनीमा परी मृत्यु भएका २१ जनामध्ये पहिचान भएका ९ जनाको परिवारलाई Gen Z प्रदर्शनका क्रममा मारिएका अन्य मृतकका परिवारलाई दिए सरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन भनिएको छ। पहिचान नभएका १२ जनाको परिचय खोजी उनीहरूका परिवारलाई पनि समान सुविधा दिन सिफारिस गरिएको छ।

भाद्र २५ गते बाल सुधार गृह नौबस्ता बाँकेका ५ जना बाल बिझाइँकर्ता, रामेछाप कारागारका ३ जना र दाङ कारागारका २ जना कैदी बन्दी गरी १० जनाको मृत्युका सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिन भनिएको छ।

प्रदर्शनमा घाइते भई जीवनभर वा लामो समयसम्म उपचार गराउनुपर्ने र औषधि सेवन गरिराख्नुपर्ने भनी रजिस्टर्ड चिकित्सकले सिफारिस गरेका घाइतेहरूको सम्पूर्ण उपचार तथा औषधि निःशुल्क हुने व्यवस्था मिलाउन र अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्तासहित जीवन यापनको आर्थिक स्रोत सुनिश्चित गर्न पनि सिफारिस गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७