रोयल इन्फिल्डको ‘गोरखा एडिसन’ नेपालमा, मूल्य ५ लाख ९९ हजार रुपैयाँ

गोरखा विरासत झल्काउने रोयल इन्फिल्ड क्लासिक ३५०


२०८३ भदौ ५ शुक्रबार १२:३० बजे

काठमाडौं : रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करण गोरखा ग्रीन रङमा उपलब्ध छ। मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को मौलिक डिजाइन कायम राख्दै यसमा असिस्ट एन्ड स्लिपर क्लचसहितका सुविधा थप गरिएको कम्पनीले जनाएको छ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको भन्दै गोरखा एडिसनमार्फत नेपालको गौरवपूर्ण गोरखा विरासतलाई सम्मान गर्न खोजिएको बताए। नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले गोरखा एडिसनले नेपालको इतिहास र पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने बताए।

मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ। यसमा राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन्। कलेक्सनमा क्रस खुकुरी, नेपाली ढाका बुनाइ तथा हस्तकलाबाट प्रेरित डिजाइन प्रयोग गरिएको छ। कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसन नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७