रनवेबाट हटाइयो आगलागी भएको जहाज, त्रिभुवन विमानस्थल सुचारु


२०८३ बैशाख २८ सोमबार ०८:५५ बजे

काठमाडौं : टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान–अवतरण सुरु भएको छ। टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेपछि त्रिभुवन विमानस्थल करिब डेढघण्टा बन्द भएको थियो । 

विमानको एउटा टायर अवतरणका क्रममा वा अवतरणलगत्तै विस्फोट भई आगो लागेको थियो। टायर फुटेपछि पांग्राको भागमा, इन्जिन नजिकै आगो र धुवाँ देखिएको थियो ।  विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

विमानस्थल बन्द भएपछि बुद्ध एयरको जहाज सिमरा, श्रीएयरको विमान विराटनगर, एयर इन्डियाको जहाज दिल्ली र फ्याइ दुबईको जहाज लखनउ डाइभर्ट भएका छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७