इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, त्रिभुवन विमानस्थल बन्द

अवतरणका बेला टायर पड्किएपछि देखियो आगो र धुवाँ


२०८३ बैशाख २८ सोमबार ०७:३७ बजे

काठमाडौँ :  काठमाडौं  टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ ।  विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो ।

‘आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।’ 

उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए । 

विमानस्थल स्रोतका अनुसार अवतरणका क्रममा अवतरणका बेला टायर पड्किएपछि पांग्राको भागमा, इन्जिन नजिकै आगो र धुवाँ देखिएको थियो । त्यसपछि चालक दल र विमानस्थल प्रशासनले सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई ढोकाबाट नभई आकस्मिक उद्धार (स्लाइड) मार्फत बाहिर निकालिएको छ ।

विमानस्थलमा तैनाथ दमकल र उद्धारकर्मीहरूले तत्कालै अग्नि नियन्त्रक उपकरणको प्रयोग गरी आगो निभाउने प्रयास सुरु गरेका थिए।  विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू प्रभावित भएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७