कीर्तिपुरमा पार्किङ गरिएको कारमा आगलागी, भित्रै जलेर एक जनाको मृत्यु


२०८३ श्रावण ५ मंगलबार १३:०९ बजे

काठमाडौं: काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा पार्किङका लागि रोकिएको कारमा आगलागी हुँदा चालक सिटमै जलेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार बा ५ च ३०३८ नम्बरको सेतो कार मंगलबार बिहान १०:४६ बजे चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङका लागि पुगेको थियो।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कार पार्किङमा पुगेपछि चालक बाहिर ननिस्किई कारभित्रैबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीपछि घटनास्थलमा पुगेको प्रहरीले चालक सिटमै पूर्ण रूपमा जलेको अवस्थामा एक पुरुषको शव फेला पारेको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।प्रहरीले आगलागीको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७