सरकार आक्रामक होइन, संयम हुनुपर्छ : योगेश भट्टराई
काठमाडौँ : नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक व्यवस्थामा सरकार आक्रामक हुनु नहुने र संयम कायम राख्नुपर्ने बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सामाजिक सञ्जालमा उनले कानुनी राज्यमा विधिको उपहास हुनु नहुने भन्दै सरकारलाई सचेत बनाएका छन्।
‘लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनुपर्दछ। प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानुपर्दछ। कानुनी राज्य र विधिको शासनको उपहास मान्य छैन। घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ,’ उनले लेखेका छन्।
भट्टराईले एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दै अविलम्ब रिहाइको माग गरेका छन्। उनले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
साथै उनले पार्टीलाई कानुनी र राजनीतिक बाटो अपनाउन सुझाउँदै भने, ‘हाम्रो पार्टीले कानुनी र राजनीतिक बाटो लिनुपर्दछ। संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिनेछ।’
.gif)

.png)

