एमाले पङ्क्तिलाई शंकर पोखरेलको निर्देशन : ‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’


२०८३ श्रावण १८ सोमबार १३:५७ बजे

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेता–कार्यकर्ता तथा मातहत कमिटीलाई आवश्यक परे सरकारविरुद्ध आन्दोलनमा जान तयार रहन निर्देशन दिएका छन्।

प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँग सोमबार सम्पन्न भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले वर्तमान सरकार शासकीय अनुभवको अभावका कारण देशलाई संकटतर्फ धकेलिरहेको आरोप लगाए।

उनले सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाले अघि बढेको तथा अहिले नियम–कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी शैलीमा शासन सञ्चालन गर्न खोजिरहेको दाबी गरे।

पोखरेलले विभिन्न स्वार्थ समूहहरू सक्रिय बन्दै गएको उल्लेख गर्दै पार्टी पङ्क्तिलाई परिस्थितिप्रति सचेत रहन आग्रह गरे। साथै, कुनै पनि बेला सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि संगठनात्मक रूपमा तयारी अवस्थामा रहन मातहत कमिटीलाई निर्देशन दिएको बताए। उनको भनाइलाई वर्तमान सरकारको आलोचना र विपक्षी दलको राजनीतिक धारणाका रूपमा हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७