सुडानमा ड्रोन आक्रमण : २८ जनाको मृत्यु


२०८२ चैत १२ बिहीबार १६:५५ बजे

काठमाडौँ : सुडानका दुई स्थानमा भएको ड्रोन आक्रमणमा कम्तिमा २८ सर्वसाधारणको मृत्यु भएको छ। स्थानीय स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै एएफपीले बिहीबार यो विवरण प्रकाशित गरेको हो ।

बुधबार उत्तरी डार्फर राज्यको सराफ ओमरा सहरको बजारमा भएको आक्रमणमा एक शिशुसमेत गरी २२ जनाको मृत्यु भएको बताइएको छ। यस क्रममा थप १७ जना घाइते भएका छन्। स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीका अनुसार, ड्रोनले तेल ट्याङ्कमा प्रहार गर्दा ट्याङ्क र बजारको केही भागमा आगो लागेको थियो । 

त्यसैगरी उत्तरी कोर्डोफोनमा भएको अर्को ड्रोन आक्रमणमा ६ जनाले ज्यान गुमाएका छन्। एल–राहादको स्थानीय अस्पतालका स्रोतले आक्रमणको दोष आरएसएफ समूहमा लगाएको छ । 

सुडानमा लामो समयदेखि चलेको सेना र विद्रोही (आरएसएफ) बीचको युद्धले दशौं हजारको ज्यान लिइसकेको छ भने झन्डै एक करोड १० लाख मानिस विस्थापित भएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७