सुडानमा अर्धसैनिक बलको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु


२०८२ असार १४ शनिबार २०:५९ बजे

काठमाडौं । पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक समर्थन बल (आरएसएफ) ले गरेको आक्रमणमा शुक्रबार कम्तिमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्वयंसेवक समूहले जनाएको छ ।

शुक्रबार एल फासेरमा आरएसएफले आक्रमण गर्दा तीन  बालबालिका सहित उनीहरुको मृत्यु भएको एक स्वयंसेवक समूह सुडानीज डाक्टर नेटवर्कले एक विज्ञप्तिमार्फत बताएको हो । सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफ दुवैलाई युद्धविराम लागू गर्न आह्वान गर्दै यसले सहरमा भएको आक्रमण र कडा घेराबन्दीले हजारौँ बालबालिका, महिला तथा वृद्धहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेको जनाएको छ ।

यसैबीच, एल फासेरमा प्रतिरोध समितिले एक विज्ञप्तिमा एल फासेर  आरएसएफले गरेको विस्फोट र आक्रमणले आवासीय क्षेत्रमा तनाव थपेको जनाएको छ । विज्ञप्तिमा घटनाको परिणामस्वरूप महिला र बालबालिका सहित धेरै निशस्त्र नागरिकहरूको मृत्यु हुनुका साथै दर्जनौं गम्भीर घाइते भएका छन् । केही घाइतेहरूलाई सहरको मुख्य अस्पतालमा लगिएको छ, जुन हाल औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको छ ।

आरएसएफले २०२४ मे  देखि एल फासेरमा अवरोध गरिरहेको छ, जसमा दैनिक जसो   गोलाबारी र आरएसएफ र एसएएफ दुवै संलग्न तीव्र सहरी लडाइँहरू समावेश छन् । एल फासेरले डार्फर क्षेत्रका लागि प्रमुख प्रशासनिक केन्द्र तथा दारफुर राज्यको राजधानी हो जुन आरएसएफ नियन्त्रण बाहिर छ । सुडान सन् २०२३ अप्रिल देखि एसएएफ र आरएसएफ बीचको द्वन्द्वमा फसेको छ । युद्धले दशौँ हजारको ज्यान लिनुका साथै लाखौँलाई सुडानभित्र तथा यसको सीमापार घर छोड्न बाध्य पारेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७