गाडी भाडा तत्काल बढाउन यातायात व्यवसायीको माग


२०८२ चैत २ सोमबार १६:२८ बजे

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । 

नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो। महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीबाट भाडा समायोजन हुँदै आएको भए पनि विगत २०८१/९/२२ गतेदेखि भाडा समायोजन भएको छैन। हाल भएको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ।’

महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन गर्ने र सवारी साधनसँग सम्बन्धित १३ सूचकको आधारमा संघीय रुट र सातै प्रदेशका रुटको भाडा यथाशीघ्र समायोजन गर्न सरकारसँग माग गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७