बाढी प्रतिकार्यमा सघाउन अमेरिकी कार्यवाहक राजदूत काठमाडौंमा


२०८३ भदौ २३ मंगलबार १७:३७ बजे
कार्यवाहक राजदूत मेगन बोल्डिन

काठमाडौं : अमेरिकाले नेपालमा बाढीपछि जारी प्रतिकार्य तथा प्रभावित अमेरिकी नागरिकको सहयोगका लागि कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिनलाई काठमाडौं पठाएको छ। ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत बोल्डिनलाई केही महिनाका लागि काठमाडौंमा कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारी दिइएको हो।

अमेरिकी दूतावासका अनुसार उनले बाढी प्रभावित क्षेत्रमा प्रतिकार्य तथा भोटेकोशी बाढीबाट प्रभावित अमेरिकी नागरिकको सहयोगलाई प्राथमिकतामा राखेर काम गर्नेछिन्। बोल्डिनले नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्दै बाढीपछिको प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी अमेरिकी प्रयासको नेतृत्व गर्ने दूतावासले जनाएको छ।

बोल्डिन सन् २०२४ को अगस्टदेखि ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत छिन्। अमेरिकी परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वमा लामो अनुभव रहेको दूतावासले जनाएको छ। उनले यसअघि युक्रेन, इराक, बंगलादेश तथा वासिङ्टनस्थित अपरेसन्स सेन्टरलगायत विभिन्न स्थानमा जिम्मेवारी सम्हालेकी छन्।

बाढीपछि नेपालमा राहत, उद्धार तथा पुनर्लाभका प्रयास जारी रहेका बेला बोल्डिनको काठमाडौं आगमनले नेपाल सरकार तथा अन्य साझेदारसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा सघाउने अमेरिकी प्रतिबद्धतालाई थप बलियो बनाउने दूतावासले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७