गल्ती नदोहोर्‍याउने संकल्प गर्दै सकियो एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक


२०८३ असोज ८ बिहीबार १८:३३ बजे

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बिहीबार सम्पन्न भएको छ। एमालेले बैठकका निर्णयलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै निष्ठापूर्वक कार्यान्वयन गर्न नेता–कार्यकर्तालाई आग्रह समेत गरेको छ।

बैठकपछि महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्नुका साथै पुनर्जागरण र सुदृढीकरणका ठोस योजना निर्माण गर्ने आधार तयार गरेको बताएका छन्।

विज्ञप्तिमा विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ। बैठकबाट देखिएका असमझदारी र अस्वस्थता अन्त्य भएको दाबी गर्दै पार्टी भावनात्मक रूपमा थप एकजुट भएको पनि उल्लेख गरिएको छ।

एमालेले बैठकको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीलाई प्रमुख कार्यभार बनाएर अघि बढ्न नेता–कार्यकर्तालाई आह्वान गरेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७