ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा असोज १६ गते, १० प्रतिशत लाभांश प्रस्ताव


२०८३ असोज ८ बिहीबार १८:५६ बजे

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको दुई दशक पूरा गरेको अवसरमा २०औँ वार्षिक साधारण सभा यही असोज १६ गते आयोजना गर्ने भएको छ। सभामा आर्थिक वर्ष २०८२र८३ का लागि शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने बैंकले जनाएको छ। साधारण सभाबाट प्रस्ताव स्वीकृत भएपछि शेयरधनीलाई लाभांश वितरण गरिनेछ।

बैंकका अनुसार दुई दशकको यात्रामा वित्तीय आकार, ग्राहक संख्या, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गर्दै आएको छ।

हाल बैंकका देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। विदेशमा समेत तीन प्रतिनिधि कार्यालय रहेको बैंकले जनाएको छ। विभिन्न माध्यममार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।

आर्थिक वर्ष २०८२र८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७०० अर्ब ४४ करोड रुपैयाँ र कुल कर्जा ४७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ रहेको छ।

सो अवधिमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको जनाइएको छ। साधारण सभाबाट लाभांश वितरणसम्बन्धी प्रस्तावसहित अन्य वार्षिक प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७