लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ को भूकम्प, काठमाडौंसम्म धक्का


२०८३ भदौ २४ बुधबार ०७:१३ बजे

काठमाडौं : मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटमा लोमान्थाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा समेत हल्का महसुस गरिएको अधिकारीले जानकारी दिए। 

भूकम्पबाट मुस्ताङमा कुनै क्षति भए–नभएकोबारे भने अहिलेसम्म यकिन विवरण प्राप्त भएको छैन। क्षतिको अवस्था बुझ्न बुधबार बिहानै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन्। उनका अनुसार प्रहरी टोलीले स्थलगत निरीक्षण गरेर फर्किएपछि मात्रै भूकम्पबाट भएको क्षतिको वास्तविक विवरण आउनेछ।

प्रमुख जिल्ला अधिकारी शर्माले भूकम्पबाट क्षति भएको हुनसक्ने आशंका रहे पनि अहिलेसम्म त्यससम्बन्धी कुनै विवरण प्राप्त नभएको बताइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७