पार्टीभित्रैबाट अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ : योगेश भट्टराई


२०८२ चैत १ आइतबार १०:५२ बजे

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रैबाट आफू लगायत केही नेताविरुद्ध भ्रामक र घृणाजन्य प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा रहेका बेला यस्तो गतिविधि देखिनु उचित नभएको उनले उल्लेख गरेका छन्। अध्यक्ष ओली शोकमा रहेकाले पछिल्लो सचिवालय बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गरेका थिए।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शरू शर्मा’ नामको नक्कली आईडी प्रयोग गरेर पार्टीका जिम्मेवार तहकै नेताहरूले मिथ्या सूचना फैलाइरहेको आरोप लगाएका छन् । उनका अनुसार यस्ता ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले पार्टीको आन्तरिक एकतामा नकारात्मक असर पार्न सक्छ।

'यो समय हामी सबैका लागि शोकको घडी हो, यस्तो बेलामा एक-अर्काप्रति घृणा फैलाउने कार्य तत्काल बन्द गरिनुपर्छ,' उनले उल्लेख गरेका छन्।

भट्टराईले पार्टीले गुमेको जनविश्वास पुनः हासिल गर्नु र संगठनलाई बहुआयामिक रूपमा रूपान्तरण गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताएका छन्।

पार्टीभित्र देखिएका समस्या उपयुक्त समयमा स्थापित विधि र प्रक्रियाअनुसार समाधान गर्न सकिने उल्लेख गर्दै उनले आरोप–प्रत्यारोपभन्दा आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। साथै पार्टी एकता जोगाउन तथ्य र तर्कमा आधारित स्वस्थ बहस आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७