सचिवालय बैठकमा योगेश भट्टराई ओलीलाई भने : अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्


२०८३ जेठ ९ शनिबार १९:२५ बजे

काठमाडौं :  नेकपा (एमाले)का  उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीकै निवासमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा उपमहासचिव भट्टराईले अब अध्यक्ष ओलीबाट पार्टी चल्न नसक्ने भन्दै राजीनामा मागेका हुन् । 

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार उपमहासचिव भट्टराई अध्यक्ष ओलीको कार्यशैली र पार्टी सञ्चालन पद्धतिप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए। वर्तमान राजनीतिक परिस्थिति र पार्टीको अवस्था संकटापन्न बन्दै गएको उल्लेख गर्दै भट्टराईले बैठकमा ओलीलाई भनेका थिए, ‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्।’ उनले पार्टीलाई थप संकटबाट जोगाउन र नयाँ गति दिनका लागि पनि वर्तमान नेतृत्वले मार्गप्रशस्त गर्नुको विकल्प नरहेको बताएका थिए ।

यसअघि शुक्रबारको बैठकमा चार उपाध्यक्षहरूले र शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि घुमाउरो पाराले ओलीको राजीनमा मागीरहेका बेला भट्टराईले सिधा भाषामा राजीनामा मागेका एक पदाधिकारीले बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७