रौतहट-२ मा कांग्रेसका आलम विजयी
काठमाडौं : रौतहट–२ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलम विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार आलमले २९ हजार ५२८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सागीरले ९ हजार ३२५ मत प्राप्त गरेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट किरणकुमार साह विजयी भएका थिए । यस निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्रसहित २६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
.gif)

.png)

