बाजुरा-१ मा नेपाली कांग्रेसका जनकराज गिरी विजयी


२०८२ फाल्गुण २४ आइतबार १२:०८ बजे

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाजुरा-१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत पाएका छन् । दुवैबीचको मतान्तर ५४० रहेको छ । 

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ३ हजार ४२८ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाहले ३ हजार ४२८ मत ल्याएर चौथो स्थान हासिल गरे । 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाहीले ३५२ मत, नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले ३३३ मत प्राप्त गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन् । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७