जेनजी अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्दै


२०८२ फाल्गुण १८ सोमबार १६:०९ बजे

काठमाडौँ : जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापामार्फत पार्टी प्रवेश गर्ने भएकाले ढुंगानासहितका युवाहरू सर्लाही–४ मा पुगेका छन् ।

मिराजले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका थिए । माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत हुने कार्यक्रम थियो । 


आन्दोलनमा घुसपैठ भएको भन्दै मिराजले सबै जेनजीलाई घर फर्किन आह्वान गरेका थिए । जेनजी आन्दोलनपछि मिराजले नयाँ दल खोल्ने तयारीसमेत गरेका थिए । तर अहिले उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७