कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग


२०८२ फाल्गुण २१ बिहीबार १५:५५ बजे

काठमाडौँ : देशभरका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले हालसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै स्थानमा सुचारु रूपमा सञ्चालन भइरहेको जानकारी दिइन् । 

मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त तुलाधरले मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन् । 

सुरक्षा व्यवस्था र मतदान केन्द्रको व्यवस्थापनबारे बोल्दै उनले यसपटकको निर्वाचनमा सुरक्षाको दृष्टिले प्रभावकारी व्यवस्था मिलाइएको उल्लेख गरिन् । मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको पनि उनले बताइन् । 

उनले भनिन्, 'आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ। सबै मतदान केन्द्रहरूमा अहिलेसम्म हामीले त्यस्तो केही मतदान केन्द्रहरू रोकिएको अवस्था पाएका छैनौँ।'

आयुक्त तुलाधरका अनुसार निर्वाचन आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ । सबै वर्ग र समुदायका नागरिकले सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताइन् । 

मतदानको समय बेलुका ५ बजेसम्म तोकिएको भन्दै आयोगले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७