रोहिंग्यामाथि म्यानमारले नरसंहार गरेको आईसीजेको ठहर
काठमाडौं : म्यानमारले रोहिंग्या समुदायमाथि नरसंहार गरेको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले ठहर गरेको छ ।
नेदरल्यान्ड्सको हेगस्थित अदालतले बिहीबार सुनाएको फैसलामा उत्तरी रखाइन राज्यमा रोहिंग्यामाथि भएको हिंसालाई नरसंहारका रूपमा निष्कर्ष निकालेको हो ।
गाम्बियाले म्यानमारविरुद्ध दायर गरेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयले ९ न्यायाधीशको पक्ष र ६ न्यायाधीशको विपक्ष मतबाट नरसंहार भएको ठहर गरेको बीबीसीले जनाएको छ ।

रोहिंग्या समुदायमाथि म्यानमारको सेनाले गरेको हिंसा, दमन र जबर्जस्ती विस्थापनका घटनालाई लिएर म्यानमारमाथि लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा आरोप लाग्दै आएको थियो ।
अदालतको पछिल्लो फैसलालाई रोहिंग्या समुदायमाथि भएका अत्याचारका घटनामा अन्तर्राष्ट्रिय कानुनी जवाफदेहिता स्थापित गर्ने महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ ।
फैसलाको विस्तृत विवरण तथा अदालतले म्यानमारलाई दिएका आदेशबारे थप जानकारी आउन बाँकी छ ।
.jpg)

.gif)

.png)




