धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन
काठमाडौँ : निर्वाचन आयोगले धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ ।
आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कमल सर्वोच्च अदालत पुगेका छन् ।
यसै सन्दर्भमा अदालतबाट आदेश नआएसम्म धनुषा-१ को पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्न आयोगले निर्देशन दिएको हो ।
हाल धनुषा–१ मा मतगणना जारी छ। मतगणनाको क्रममा उम्मेदवारी खारेज भएका कमलकै पक्षमा उल्लेख्य मत आइरहेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृका यादव, नेपाली कांग्रेसका राम पल्टन साह र नेकपा एमालेका रामचन्द्र मण्डलबिच प्रतिस्पर्धा भइरहेको छ।
.gif)

.png)

