कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त


२०८३ श्रावण १२ मंगलबार १९:१२ बजे

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाहीले मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० गरी २४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २० सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ बुधबार हुने छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७