विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा निर्वाचित
काठमाडौँ : धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
झाले नेपाली कांग्रेसका विमलेन्द्र निधि र नेकपा (एमाले)की जुली कुमारी महतोलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार झाले ४३ हजार १४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत पाएका छन्।
यसैगरी एमालेकी उम्मेदवार जुली कुमारी महतोले ९ हजार ५१० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी छन्।
.gif)

.png)

