फोहोर बोक्ने टिपरको ठक्करले नासुको मृत्यु


२०८२ फाल्गुण १९ मंगलबार १२:२७ बजे
सांकेतिक तस्बिर

काठमाडौँः काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालक सरकारी कर्मचारीको मृत्यु भएको छ । 

काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी घर भई हाल भक्तपुर बस्ने ४८ वर्षीय नायव सुव्वा बद्री कोइरालाको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

गोरखाका विकाश थापा मगरले चलाएको प्र ३ –००१ ब ९४५ नम्बरको टिपरले सरकारी नम्बर प्लेट प्र ३ –००१ ब ९४५ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइराला गम्भीर घाइते भएका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७