रास्वपा सांसद पौडेलमाथिको दुर्व्यवहार निन्दनीय : गगन थापा

‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन’


२०८३ श्रावण ९ शनिबार २३:४५ बजे

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले लोकतन्त्रमा असहमतिको समाधान हिंसा, दुर्व्यवहार वा अपमानबाट नभई संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने बताएका छन्।

‘प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ,’ उनले लेखेका छन्, ‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन।’ बारा–४ बाट निर्वाचित सांसद पौडेलमाथि कालो मसी प्रहार गरिएको घटनाप्रति प्रतिक्रिया जनाउँदै थापाले यस्तो कार्य कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने स्पष्ट पारेका छन्।

‘लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ,’ उनले भनेका छन्, ‘तर कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७