नेकपा (बहुमत) का महासचिव बास्तोलालाई थुनामुक्त गर्न आदेश


२०८२ फाल्गुण १४ बिहीबार १७:२५ बजे

काठमाडौं : सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलाको रिहाइ गर्ने आदेश दिएको हो ।

बास्तोलालाई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

महासचिव बास्तोलाको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७