हुन्डीमार्फत १ अर्बभन्दा बढीको कारोबार गर्ने धरानका शाही पक्राउ
काठमाडौं । अवैध रूपमा हुन्डीमार्फत १ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा धरानका ज्योति शाही प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बिहीबार अपरान्ह धरान उपमहानगरपालिका–५ खैरेनीबाट उनलाई पक्राउ गरेको हो।
शाहीमाथि १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ हुन्डीमार्फत अवैध कारोबार गरेको आरोप छ। प्रहरीका अनुसार शाहीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले कमाएको रकम अनौपचारिक (हुन्डी) माध्यमबाट स्वदेश भित्र्याउने र त्यसलाई साना-साना भागमा विभाजन गरी कनेक्ट आईपीएस लगायतका विभिन्न विद्युतीय तथा डिजिटल माध्यम प्रयोग गरेर असम्बन्धित व्यक्तिहरूको खातामा पठाउने गरेका थिए।
अनुसन्धानका क्रममा धरान-१३ का शाहीले 'शाही मनि ट्रान्सफरु लगायतका नामबाट कृषि विकास बैंक, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकसहित ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गरेको पाइएको छ। शाहीले 'शाही मनि ट्रान्सफरु घरेलु तथा साना उद्योग कार्यालय इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते दर्ता गराएर सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
.gif)

.png)


