चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, एक जना थुनामुक्त


२०८३ असोज २ शुक्रबार ०८:०० बजे

कैलाली : बाजुराका चेतन अयडीको हत्या मुद्दामा जिल्ला अदालत बाजुराले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला अदालत बाजुराका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार थुनामा रहेका सात प्रतिवादीमध्ये छ जनालाई जन्मकैदको फैसला सुनाएको हो। जन्मकैदको सजाय पाउनेमा धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडी रहेका छन्।

यसै मुद्दामा प्रतिवादी बनाइएका १८ जनाले भने सफाइ पाएका छन्। यस्तै, चार वर्षदेखि पुर्पक्षका क्रममा थुनामा रहेका पदम अयडीलाई अदालतले जन्मकैदको सजाय नदिएपछि उनी थुनामुक्त हुने भएका छन्।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा बाजुरामा चेतन अयडीको हत्या भएको थियो। घटनापछि उक्त हत्यासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७