नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ


२०८२ फाल्गुण ५ मंगलबार १९:५४ बजे

काठमाडौँ : निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला मंगलबार (फागुन ५) पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार उनलाई सुन्धारा आसपास क्षेत्रमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित गतिविधि सञ्चालन गर्दै आएको छ।

निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा बास्तोलामाथि अनुसन्धान भइरहेको छ। प्रहरीले नेकपा बहुमतसहित अन्य बहिष्कारवादी दललाई पनि निगरानीमा राखेको छ। यसअघि सोमबार (फागुन ४) दुर्गा प्रसाईंलाई पनि निर्वाचनविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा हिरासतमा लिइएको थियो।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७