११ उपमहानगरको कार्यसम्पादन मूल्याङ्कन : बुटवल अग्रस्थानमा, इटहरी सबैभन्दा पछाडि
काठमाडौँ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा बिहीबार सार्वजनिक गरेको छ।
मूल्यांकनअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रह्यो भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ।
दाङका दुई उपमहानगरपालिकामा तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक प्राप्त गरेका छन्। धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको छ।
आयोगले स्थानीय तह मूल्यांकनका लागि १७ सूचक प्रयोग गरेको थियो। यसमा बजेट असारभित्र सार्वजनिक वा पास नगर्नु, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक प्रदेश सञ्चित कोषमा नदिने, आगामी आवको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको वा नगरेको, बजेट समीक्षा नगरेको, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षा नतिजा र खोप लगाएका बालबालिका अनुपात समावेश थिए।
वर्तमान मूल्यांकनमा देशभरि ८० अंक कटाउने स्थानीय तह चारवटा मात्र रहेका छन् ।
.gif)

.png)


