निर्वाचनमा गलत सूचना रोक्न आयोगले मेटा र टिकटकसँग एमओयू गर्दै


२०८२ माघ २४ शनिबार १६:०४ बजे

काठमाडौँ : निर्वाचन आयोगले मिथ्या सूचना नियन्त्रण र नियमनका लागि सक्रिय रहेको जनाएको छ । आयोगकी सदस्य जानकीकुमारी तुलाधरका अनुसार सामाजिक सञ्जाल कम्पनीसँग सम्झौता (एमओयू) गर्ने लगायतका कार्यहरू पनि भइरहेको छ।

तुलाधरले भनिन्, 'मिथ्या सूचना, भ्रामक सूचना, हेट स्पिचलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्ने कुरामा आयोग सदैव सचेत रहेको छ। अहिले मात्र हामीले मेटा, टिकटक लगायतसँग एमओयू गरिरहेका छौँ।' 

उनका अनुसार फेसबुक, ह्वाट्सएप, टिकटकमा फैलिएका गलत सूचनाहरू हटाउन सम्बन्धित कम्पनीहरूले सहयोग गरिरहेका छन् । यसका साथै, नेपाल प्रहरीको साइबर ब्युरोको सहयोग पनि लिइएको छ।

'उपकरणसहितको साइबर ब्युरोलाई पनि हामीले यहाँ (आयोगमा) राखेका छौँ,' तुलाधरले दोहोर्‍याइन्, 'मिथ्या सूचना नियमन र नियन्त्रण गर्न आयोग सक्रिय छ।'

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७