ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि बजेट व्यवस्था गर्छौँ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सरकारले स्वास्थ्य बिमाका लागि ऋण खोजेर भए पनि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बुधबार स्वास्थ्य बिमा सम्बन्धी छलफलमा बोल्दै उनले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले जनताले प्रिमियर तिर्ने तर सरकारले बजेट व्यवस्था नगर्ने कुरा कुनै हालतमा स्विकार्न नसकिने बताउँदै स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको हुने भएकाले यसलाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
'स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गका लागि हो, त्यसैले यसलाई विपद्कै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गर्दै तत्काल समाधान गर्न ढिलाइ गर्नेछैनौँ,' उनले भनिन्।
कार्यक्रमको नियमनको विषयमा पनि कुरा गर्दै प्रधानमन्त्रीले भनिन्,'बिमा कार्यक्रमलाई कडा नियमन गर्न जरुरी छ। गरिब, अपाङ्ग, अशक्त मानिसका लागि सो कार्यक्रम भएकाले उनीहरूको हित हुने गरी यसलाई आगामी दिनमा अघि बढाउनुपर्नेछ ।'
प्रधानमन्त्री कार्कीले यस विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने तयारी पनि गरिरहेकी छन् ।
.gif)

.png)

