आरोहीको निधनमा प्रधानमन्त्रीको श्रद्धाञ्जली : भौतिक यात्रा रोकियो, इतिहास सधैं जीवित रहनेछ

‘हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, इतिहासमा सधैँ अमर रहन्छन्’


२०८३ श्रावण १६ शनिबार १७:३४ बजे

काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा भएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित अन्य आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ,’ प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको भौतिक यात्रा मात्र रोकिएको भए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैं जीवित रहने बताएका छन्।  भनेका छन्, ‘निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।’ \

प्रधानमन्त्री शाहले हिमालले धेरैलाई शिखरको गौरव दिने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि समेट्ने गरेको उल्लेख गरेका छन्। तर आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा अमर रहने उनको भनाइ छ।उनले निर्मल पुर्जा ‘निम्स दाइ’ लगायत दिवंगत आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैं प्रेरणाको स्रोतका रूपमा जीवित रहने बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७