सुनसरी-१ बाट हर्क साम्पाङले गरे मनोनयन दर्ता


२०८२ माघ ६ मंगलबार १३:४० बजे

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सुनसरी क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउन साम्पाङ समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए । उनले श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । 

मेयर पदबाट राजीनामा दिएपछि उनले संसदीय राजनीतिमा औपचारिक प्रवेश गरेका हुन् । स्थानीय तहमा श्रम, पारदर्शिता र जनउत्तरदायी शासनका विषयमा चर्चामा रहेका साम्पाङको उम्मेदवारीपछि सुनसरी-१ को चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७