विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
काठमाडौं : उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए। यादवले राजीनामा दिनुको कारण भने तत्काल खुलाइएको छैन। उनको राजीनामाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट समेत औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ।
मन्त्री यादवले बुधबार उद्योग समितिको बैठकमा 'ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने' विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । ग्यास उद्योगीहरूले उनको ‘पाता कस्ने’ अभिव्यक्तिको विरोध गर्दै भनाइ फिर्ता लिन माग गरेका छन्। पछिल्लो समय खाना पकाउने ग्यासको आपूर्ति हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।
.gif)

.png)

