एमालेकाे टिकट वितरणमा ईश्वर पोखरेल समूहको कत्लेआम

१४१ क्षेत्रको टुंगो लाग्दा २ जनाले पाए टिकट


२०८२ माघ ४ आइतबार १३:१० बजे

काठमाडौं : नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट चुनाव लडेकाहरुलाई प्रतिनिधिसभा सदस्यको टिकटबाट बञ्चित गरिएको छ ।  १४१ क्षेत्रका उम्मेदवारको टुंगो लाग्दा नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट २ जनाले टिकट पाएका छन् । 

अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल, महासचिव लडेका सुरेन्द्र पाण्डे, यसैगरी उपाध्यक्ष लडेका परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालले टिकट पाएनन् । उपाध्यक्षमा जितेका गोकर्ण विष्टले मात्रै पदाधिकारीबाट टिकट पाएका छन् । उपमहासचिव जितेका योगेश भट्टराईको होल्डमा राखिएको छ भने उपमहासचिव लडेका बैजनाथ चौधरी पनि पाएनन् । सचिव लडेका रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल सूचीमा परेनन् । 

सचिवका प्रतिस्पर्धी विनोद ढकाल, गोकुल बाँस्कोटाको टिकट होल्डमा परेको छ । सचिव लडेका गैरेको निर्वाचन क्षेत्र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन् ।

त्यस्तै, पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, महेश बस्नेत (इलाम), जय राई,  कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, नवराज सिलवा, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन् । पोखरेल समूहबाट केन्द्रीय सदस्यको चुनाव लडेका भागीरथ सापकोटाले नवलपुर–१ बाट टिकट पाएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७