भदौ २३ का घटनाको जिम्मेवार केपी ओली : ईश्वर पोखरेल
काठमाडौँ : नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन् ।
कार्की बैंक्वेटमा जारी आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, 'हामी विभाजन अस्वीकार गर्छौँ तर आत्मसमर्पण पनि मन्जुर छैन।' उनले पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै थपे, 'म जे बोल्छु त्यही हो, एमाले सुन्दा पनि आङ सिरिङ हुन्छ । म भएन भने एमाले हुन्न- यो के भन्ने हो।'
भेलामा पोखरेल प्यानलबाट लडेका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो । प्यानलबाट जितेका उपाध्यक्ष गोकर्ण बिष्ट र उपमहासचिव योगेश भट्टराई पनि सहभागी भएका थिए।
पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा केपी ओलीसँग भिडेको पोखरेल समूहले अपेक्षित नतिजा नल्याएपछि आज आन्तरिक छलफलमा जुटेको जानकारी छ ।
.gif)

.png)

