इरानमा फेरि बढ्यो पेट्रोलको मूल्य, ११० लिटरभन्दा बढी खपतमा दोब्बर


२०८३ भदौ २४ बुधबार ०७:४५ बजे

काठमाडौं : आर्थिक संकट गहिरिँदै गएपछि इरानले पेट्रोलको मूल्य फेरि बढाएको छ। घट्दो सरकारी राजस्व तथा इन्धनमा दिइँदै आएको ठूलो अनुदानको भार कम गर्न सरकारले पेट्रोलको मूल्य बढाएको हो। 
राज्य सञ्चारमाध्यमका अनुसार प्रतिव्यक्ति पहिलो ११० लिटरसम्म पेट्रोलको मूल्य यथावत् राखिएको छ। तर ११० लिटरभन्दा बढी खपत गर्ने उपभोक्ताका लागि पेट्रोलको मूल्य प्रतिलिटर ५० हजार रियालबाट बढाएर १ लाख रियाल पुर्‍याइएको छ। इरानमा पेट्रोलको मूल्य विश्वकै न्यूनमध्ये रहे पनि आर्थिक संकट, बढ्दो महँगी, रियालको अवमूल्यन तथा युद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सरकारमाथि इन्धन अनुदानको भार बढ्दै गएको छ। 
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले देशमा उत्पादन हुने पेट्रोलले बढ्दो माग धान्न खपतमा मितव्ययिता आवश्यक रहेको बताएका छन्। पेट्रोलको अत्यधिक खपत नियन्त्रण गर्न सरकारसँगै उद्योग क्षेत्रले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
मूल्यवृद्धिको घोषणापछि राजधानी तेहरानका विभिन्न पेट्रोल पम्पमा लामो लाइन देखिएको बताइएको छ। गत डिसेम्बरपछि इरानमा पेट्रोलको मूल्य बढाइएको यो दोस्रो पटक हो। यसअघि सन् २०१९ मा पेट्रोलको मूल्य वृद्धि हुँदा इरानमा व्यापक सरकारविरोधी प्रदर्शन भएका थिए। पुनः मूल्यवृद्धि भएपछि जनअसन्तोष बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७