काठमाडौँमा एमाले ईश्वर पोखरेल समूहको भेला सुरु


२०८२ पौष ५ शनिबार १३:३२ बजे

काठमाडौँ : नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा भेला सुरु भएको हो ।

हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा पोखरेल समूहले पदाधिकारी तहका दुई पदमा जित हासिल गरेको थियो । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भएका थिए।

ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । ओलीले १ हजार ६६३ मत ल्याउँदा पोखरेलले ५६४ मत प्राप्त गरेका थिए।

भेलामा महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७