आन्तरिक प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न : ईश्वर पोखरेल
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्यथाको रूपमा नलिन आग्रह गरेका छन् ।
महाधिवेशन स्थलमा प्रतिनिधिसँग भोट माग्दै पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृत्व चयनमा सहभागी भएको बताए । उनले भने, 'यो महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएको कुरा राम्रो छ।'
पोखरेलले प्रतिस्पर्धालाई तिक्तताको रूपमा नलिनु पर्ने बताए। उनले भने, 'तिक्ततापूर्ण भन्दा परिस्थिति जन्य केही कुरा हुन्छ। त्यो बेला पार्टीलाई गम्भीर विभाजनबाट बचाउनुपर्ने आवश्यकता थियो। अहिले त्यो अवस्था छैन।'
एमालेभित्र विचार र संगठनमा सबै एक रहेको उनले बताए। पोखरेलले थपे, 'कार्यसम्पादन, विचार र संगठनलाई थप व्यवस्थित बनाउनुपर्ने मान्यताका आधारमा साथीहरू उभिएका छन्। यसलाई अन्यथा नलिनुहोस्।'
.gif)

.png)

