एमाले महाधिवेशन : दुई जनाको उम्मेदवारी खारेज र १५ जनाको फिर्ता


२०८२ पौष १ मंगलबार १७:२० बजे

काठमाडौँ : नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन्।

उनका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्षमुनि उमेर समूहका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत भएका छन्।

यस्तै युवा (४० वर्षमुनि) केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशील कुमार थापा, मधेस प्रदेशबाट ४० वर्षमुनि उमेर समूहमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला केन्द्रीय सदस्यमा खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।

यसैबीच केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। उपमहासचिव पदका उम्मेदवार राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका हुन्।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा २ हजार २६३ जना प्रतिनिधि सहभागी हुँदै छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७