बन्चरे डाँडामा फोहोर व्यवस्थापनमा स्थानीयसँग सहमति


२०८२ मङ्सिर ४ बिहीबार १८:४३ बजे

काठमाडौँ : बन्चरे डाँडामा फोहोर फाल्ने कार्यमा स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति जुटेको छ । सहमति महानगरपालिकाका पहल र सहरी विकासमन्त्री कुलमान घिसिङको मध्यस्थतामा भएको हो।

सहमति अनुसार फोहोर ढुवानी तथा विसर्जनमा भएको अवरोध तत्काल हटाइ सुचारु गरिनेछ। स्थानीयसँग विगतमा भएको सहमति पनि तत्काल निर्णय गरी पत्राचार गरिने छ।

वातावरणीय अध्ययन (ईआईए) प्रतिवेदन छिटो तयार पार्न परामर्शदाता कम्पनीसँग लिखित प्रतिबद्धता लिन सहमति जुटेको छ। आगामी आर्थिक वर्षको बजेटमा ईआईए अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम पनि अगाडि बढाइने भएको छ।

बन्चरे डाँडाका स्थानीयलाई चालु आव २०८२/८३ का घर टहरा र बालीको मुआब्जा दिने निर्णय भएको छ । महानगरपालिकाले एक महिनाभित्र अतिप्रभावित स्थानीयलाई क्षतिपूर्ति प्रदान गर्नेछ।

फोहोर फाल्ने क्रममा डाँडा कटान र लिचेडले पानीको मुहानमा मिसिने काम रोक्न तथा कानुनी कारबाही गर्ने सहमति पनि भएको छ। लिचेड व्यवस्थापनका लागि १५ दिनभित्र विज्ञ टोली फिल्डमा पठाइनेछ।

अतिप्रभावित स्थानीयलाई विशेष कार्ड वा अन्य माध्यमबाट काठमाडौँका सरकारी अस्पतालमा नि:शुल्क उपचारको सुविधा उपलब्ध गराइने छ । साथै उपत्यकाका स्कुल र कलेजमा अनिवार्य छात्रवृत्ति कोटाको व्यवस्था पनि एक महिनाभित्र लागू गरिने सहमति जुटेको छ।

महानगरपालिकाले प्रभावित क्षेत्रमा दिने अनुदान ३ करोडबाट बढाएर ६ करोड पुर्‍याउन अनुरोध गर्ने, फोहोरका कारण उत्पन्न रोग तथा मृत्यु भएका परिवारलाई राहत दिने कार्यविधि बनाउन र तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माणको बहु वर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने सहमति पनि जुटेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७