बञ्चरे डाँडामा दोस्रो दिन पनि आन्दोलन जारी, फोहोर बोक्ने गाडी बाटोमै रोकिए
काठमाडौँ : बञ्चरे डाँडाका स्थानीयले बिहीबार पनि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोक्दै आन्दोलन जारी राखेका छन् । मागहरू पूरा नभएको भन्दै स्थानीयले दोस्रो दिन पनि करिब ३०० गाडी अवरुद्ध पारेका हुन् ।
धुनिबेँसी नगरपालिका-३ का वडाध्यक्ष प्रकाश हमालका अनुसार ल्यान्डफिल साइटमा बिहीबार बिहानैदेखि स्थानीयको अवरोध कायम छ। 'हिजो वार्ता भएको थियो, तर निष्कर्ष ननिस्केपछि आज पनि आन्दोलन रोकिएको छैन। काठमाडौँ महानगरका फोहोर बोक्ने करिब ३०० गाडी रोकिएका छन्,' अध्यक्ष हमालले बताए ।
आन्दोलनमा सहभागी अमृत तामाङका अनुसार केही नयाँ मागहरू थपिएका छन् भने केही पुराना मागहरू अझै अधूरै छन् । बुधबार सहरी विकास मन्त्री कुलमान घिसिङसँगको छलफल पनि कुनै सहमतिविना टुङ्गिएको थियो । काठमाडौँबाट दैनिक करिब ७०० टन र अन्य पालिकाबाट थप ७०० टन गरी करिब १४ सय टन फोहोर बञ्चरे डाँडामा पुर्याइँदै आइएको छ ।
स्थानीयले मागहरू बेवास्ता भएको आरोप लगाइरहेका बेला काठमाडौँ महानगरपालिकाले भने धेरैजसो माग पूरा भइसकेको दाबी गर्दै आएको छ ।
.gif)

.png)

