प्रधानमन्त्री कार्की र निर्वाचन आयुक्तहरूबीच छलफल
फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका बारेमा छलफल

काठमाडौं : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूले छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबराले छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्कीसँग आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका बारेमा छलफल भएको छ । निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिकालगायतका बारेमा छलफल भएको छ ।
अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ ।