अनेरास्ववियुको काउन्टर : बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिने तयारी


२०८२ असोज २१ मंगलबार १६:४४ बजे

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न भन्दै जेनजी प्रहरी परिसर पुगेको भोलिपल्ट अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ ।

अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ।

अनेरास्ववियुका नेताहरू मंगलबार साँझ ५ बजेभित्र जाहेरी दर्ता गर्न काठमाडौँ प्रहरी परिसर जाने तयारीमा रहेका अखिलका महासचिव दीपक धामीले जानकारी दिएका छन् । 

सिंहदरबारलगायत सरकारी संरचनामा गरिएको आगजनी, निजी सम्पत्ति तोडफोड र प्रहरीको हत्याजस्ता गतिविधिमा बालेन र गुरुङको संलग्नता रहेको आरोपसहित जाहेरी दिन लागेका बुझिएको छ । 

यसअघि सोमबार सुदन गुरुङ समूहले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिने प्रयास गरेको थियो । तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । 

उक्त घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकाय प्रमुखहरूसँग छलफल गरेकी थिइन् । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जाहेरी दर्ताका लागि प्रधानमन्त्रीबाटै लिखित निर्देशन आवश्यक पर्ने सुझाव दिएका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७