जाँचबुझ आयोगको निष्पक्षतामाथि बारको प्रश्न

काठमाडौं : नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका घटनामाथि छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले मंगलबार विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाले निष्पक्षता प्रभावित हुन सक्ने बताएका हुन् ।
बारले सरकारको जाँचबुझ प्रक्रिया औपचारिकतामात्र सीमित रहेको भन्दै गम्भीर घटनालाई हल्का रूपमा लिएको आरोप लगाएको छ।
यस्तो छ विज्ञप्ति :