बागमतीको जल सतहले पार गर्यो ‘खतरा तह’

काठमाडौँ : काठमाडौँ र ललितपुरमा पर्ने बागमती नदीको जल सतहले खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, शनिबार साँझ ६ बजेको पछिल्लो मापनअनुसार, वाग्मती नदीको मनोहरा र खोकना जल मापन केन्द्र दुवैमा पानीको सतह खतराको तह पार गरेर बढ्दो क्रममा छ ।
महाशाखाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।