ओलीको पासपोर्ट रोक्का गर्ने सिफारिसप्रति एमालेको गम्भीर आपत्ति

‘सरकार प्रतिशोधको बाटोमा जान खोज्यो’


२०८२ असोज १२ आइतबार २०:०२ बजे

काठमाडौं :  नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का राख्न गरिएको सिफारिसप्रति आपत्ति जनाएको छ। आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालयको बैठकले आपत्ति जनाएको हो।

 

‘अध्यक्ष ओलीसहितको राहदानी रोक्काका लागि सिफारिस गरिएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर अनि दसैंको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

दौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ।आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न पनि सिफारिस गरेको हो ।

‘भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने’ आयोगको निर्णयमा भनिएको छ ।

ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए । घटनाको जिम्मेवारीबाट उनी पन्छिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७